Comments Add Comment

Advertisment

SKIP THIS

प्रचण्डले भने- मानुषी जस्ताे इनर्जेटिक मान्छे संसदमा चाहिन्छ

४ कात्तिक , काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मानुषी यमी भट्टराईमा बच्चा बेलादेखिनै चिनेकाे बताएका छन् ।

काठमाडौं–७ ले आयोजना गरेको शुभकामना आदनप्रदान, निर्वाचन परिचालन समिति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मानुषीमा सानैदेखि समर्पित भएर मिहेनत गरेर लाग्ने गुण रहेको बताए ।

‘त्यसैले मानुषी जस्ता इनर्जेटिक संसदमा चाहिन्छ,’ प्रचण्डले भने, ‘यस क्षेत्रको भावना र विकासको आकांक्षालाई सम्बोधन गर्न उनी सक्षम छिन् ।’ मानुषी काठमाडौं–७ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी छिन् । उनी सहितको टिमले उक्त क्षेत्रको विकासमा टेवा पुर्याउने दाबी प्रचण्डको थियो ।

प्रचण्डले गठबन्धन अहिलेको आवश्यक्ता भएको पनि बताएका छन् । ‘अहिले मुलुकमा २ वटा गठबन्धन छन् । एउटा अग्रगमन र अर्को पश्चगमन । ४ गतेको निर्वाचन सामान्य अवस्थाको निर्वाचनजस्तो छैन् । लोकतन्त्र र देशले जित्ने हो कि होइन ? भन्ने जवाफ जनताले दिने बेला भएको छ ।’ कांग्रेससँग सहकार्यमा मात्र अहिलेसम्मका परिवर्तन संभव भएको प्रचण्डको भनाइ छ ।

काठमाडौं–७ का मतदाता सचेत भएको भन्दै प्रचण्डले नेवार समुदायको कोर एरिया भएको पनि उल्लेख गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै