Comments Add Comment

सुनको मूल्य १५ सय रुपैयाँले बढ्यो

६ कार्तिक , काठमाडौं । नेपाली बजारमा आज पहेँलो धातु सुनको भाउ प्रतितोला १५ सय रुपैयाँले बढेको छ ।

शुक्रबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आइतबार तोलामा १ हजार ५ सय रुपैयाँले बढेर ९४ हजार रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज तेजाबी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी तोलामा एक हजार २१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै