तिहारलाई सम्झाउँछन् देउसी, भैलो गीतले -
Comments Add Comment

तिहारलाई सम्झाउँछन् देउसी, भैलो गीतले

६ कार्तिक , काठमाडौं । नेपालीको घरआँगनमै तिहार आइसक्यो । तिहार भन्नेबित्तिकै देउसी भैलोलाई बिर्सिने कुरा नै भएन । त्यसमा पनि नेपाली गीत सङ्गीतलाई देउसी, भैलो गीतले वर्षाैंदखि अजर अमर बनाउँदै आएको छ ।

तर पछिल्ला केही वर्षयता मादल, बाँसुरी, झ्याली बजाएर खेलिने देउसी लोप हुँदै गएको छ । प्रविधिको विकाससँगै डिजेमा देउसी गीत बजाएर देउसी, भैलो खेल्ने चलन बढेको छ । यसरी देउसी, भैलोसँगै बज्ने यी गीतले तिहारमा रौनक थप्ने गरेको छ ।

तिहारै आयो लौ झिलीमिली …

पुरानो चलचित्र स्वर्गमा रहेको यो गीतको पहिलो धुन बजेपछि बल्ल तिहारको रौनक बढ्छ । यो गीतको धुनसँगै हरियो गोबरले लिपेको, लक्ष्मी पुजा गरेको…. सम्म आइपुग्दा माहोल उल्लासमय हुन्छ र हरेक नेपालीले तिहार आएको अनुभूति गर्छन् । यो गीत तिहारका लागि त मुख्य गीत नै हो । त्यसैले यस गीतलाई तिहार, देउसी भैलोमा बज्ने गीतमा सम्झिनै पर्छ ।

लोचन भट्टराई र नूतन प्रधानले गाएको यस गीतमा सङ्गीत यादव खरेलको छ । यसमा चेलीहरुको भैली गीतको सुगन्ध पाइन्छ । यस गीतलाई नेपाली चलचित्रको गीतमा चाडबाड समेटिएको उत्कृष्ट गीतमा पनि लिन सकिन्छ । हरेक देउसी भैलो खेल्ने समूहले यो गीतलाई प्राथमिकतामा बजाउँदै नृत्य गर्ने गरेका छन् ।

यपालिको तिहारै रमाइलो …
देउसीसँगै नृत्य गर्ने परम्परा बढ्दो छ । नृन्य बिनाको देउसी समूहको आकर्षण नै घट्न थालेको छ । यसर्थमा सामूहिक रुपमा आयोजना हुने देउसी कार्यक्रममा नृत्य राखिएकै हुन्छ । यस्ता नृत्यमा छुट्दै नछुटेको गीतमा यो गीतलाई पनि लिन सकिन्छ । कोहिनुर चलचित्रको यो गीत चलचित्रसँगै धेरैले मन पराएको गीत हो । प्रमोद खरेल र अन्जु पन्तको स्वरमा रहेको यो गीतमा शम्भूजित बास्कोटाले सङ्गीत भरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै