Comments Add Comment

Advertisment

SKIP THIS

पूर्वी नवलपरासीमा २ जना मृत फेला

११ कार्तिक , काठमाडौँ । पूर्वी नवलपरासी जिल्लामा बिहीबार २ जना मृत फेला परेका छन् ।

बुलिङ्गटार गाउँपालिका–६ हडाहाटारका २५ वर्षीय सञ्जय कुमाल आफ्नै घर नजिकैको परालको टौवामुनि मृत फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय डेढगाउँका प्रहरी निरीक्षक जयराम वन्तका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ । यस्तै गैँडाकोट नगरपालिका–१ स्थित नारायणी नदीमा नुहाउन जाँदा ९३ वर्षीय वृद्धको मृत्यु भएको छ ।

गैँडाकोट–१ का टङ्कनाथ कँडेलको नुहाउने क्रममा नारायणीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

रुखमा झुन्डिएको अवस्थामा २ जना मृत फेला

Advertisment

छुटाउनुभयो कि? सबै

रुखमा झुन्डिएको अवस्थामा २ जना मृत फेला