दुईपांग्रे सवारीमा बाल-बालिकालाई नचढाउन ट्राफिक प्रहरीको अनुरोध -
Comments Add Comment

दुईपांग्रे सवारीमा बाल-बालिकालाई नचढाउन ट्राफिक प्रहरीको अनुरोध

१२ कात्तिक, काठमाडौ । दुईपांग्रे सवारी साधनमा साना बाल–बालिकालाई असुरक्षित तवरले नचढाउन सम्बन्धित चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आग्रह गरेको छ ।

तीव्र गतिमा गुडेका दुईपांग्रे सवारी साधन अनियन्त्रित भई दुर्घटना हुने गरेको र त्यसमा सवार बालबालिकाहरु उल्लेखित रुपमा दुर्घटनाको शिकार हुने क्रम बढ्दो रुपमा रहेकाले दुर्घटना न्युनीकरणका लागि अनुरोध गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहायक प्रवक्ता अवदेश बिष्ट क्षेत्रीले बताए ।

सुरक्षित तवरले सवारी साधन संचालन गर्दै दुर्घटना कम गर्ने अभियानमा सबैबाट सहयोगको अपेक्षा ट्राफिक प्रहरीको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment