Comments Add Comment

Advertisment

SKIP THIS

ओली प्रधानमन्त्री बने मात्रै मुलुकले निकासा पाउँछ : निरञ्जन थापा

१५ कार्तिक , काठमाडौं । राप्रपा केन्द्रीय सल्लाहकार समितिका संयोजक तथा पूर्वगृहमन्त्री निरञ्जन थापाले सत्ताधारी दलको गठबन्धनका कारण मुलुक आर्थिक संकटमा परेको आरोप लगाएका छन् । थापाले यो सरकारका कारण उद्योगी व्यवसायी तथा नागरिक असन्तुष्ट रहेको बताएका छन् ।

उनले भने, ‘पाँच दलीय गठबन्धनका कारण मुलुक आर्थिक संकटमा परेको छ, हामी सरकारमा गएपछि बेरोजगारलाई स्वदेशमै रोजगारी दिन्छौं ।’ कार्यक्रममा उनले रुपन्देहीमा सञ्चालित पाँच वटा स्टील उद्योग बन्द भएको पनि बताए ।

पाँच दलीय गठबन्धनबाट प्रधानमन्त्री को हो रु भन्दै उनले कांग्रेसका नेताहरूले अबको प्रधानमन्त्री शेरबहादुर देउवा भन्ने गरेको तर गठबन्धनका नेता डा. बाबुराम भट्टराई अबको प्रधानमन्त्री प्रचण्ड भन्ने गरेको बताए । उनले भने, ‘सत्तारूढ गठबन्धनमा स्पष्टता छैन । तर यता तीन दलीय तालमेलको प्रधानमन्त्री केपी शर्मा ओली बन्ने पक्का भइसकेको छ ।’ उनले ओली प्रधानमन्त्री बने मात्रै मुलुकले निकासा पाउने बताए ।

उनले दीपक बोहरालाई निर्वाचन जिताउनुपर्ने पनि बताए । उनीले यस क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विकासप्रेमी नेता बोहरालाई निर्वाचन जिताए विकासले थप गति लिने दाबी गरे । बोहराको अगुवाइमा भएका विकास निर्माणबारे जनताले राम्रोसँग बुझेकाले बोहराको जित सुनिश्चित भएको दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै