Comments Add Comment

Advertisment

SKIP THIS

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

१७ कार्तिक , काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सुचक १.१९ अंकले बढेको छ। यो वृद्धिसँगै सूचक १९३९.५० विन्दुमा आइपुगेको छ।

बिहीबारको बिहानी सेसनमा तीन लाख ३३ हजार रुपैयाँको सेयर कारोबार भएको छ। ६ कम्पनीको सात सय ९७ कित्ता सेयर खरिदबिक्री भएका छन्।

कुल सातवटा कारोबार भएको छ। यस सेसनमा दुई कम्पनीको भाउ बढेको छ भने दुई वटैको मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै