२१ कात्तिक, काठमाडौं । जिल्ला प्रहरी कार्यालय दाङ प्रहरीले गहिरो अनुसन्धान पछी रोशनी महतरा र शरद आचार्य हत्या-काण्डको नयाँ तथ्य फेला परेको छ। लामो अनुसन्धानपछि बँदेल मार्न थापिएको विद्युतीय धरापमा परी उनीहरूको मृत्यु भएको तथ्य प्रहरीले पत्ता लगाएको हो।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ दमारगाउँकी १५ वर्षीया रोशनी महतरा र जिल्लाकै दंगीशरण गाउँपालिका वडा नम्बर ६ थपगाउँका १४ वर्षीय शरद आचार्यको शव स्थानीय जंगलमा असोज ३० माटोले पुरिएको अवस्थामा फेला परेको थियो।
उनीहरू असोज २७ गते राति करिब सवा दश बजेतिर घरबाट निस्किएका थिए। साढे दश बजेपछि सम्पर्कबिहीन थिए।
आपसमा सामाजिक संजालमा कुरा गर्दै एक अर्कालाई भेट्न घरबाहिर निस्किएका उनीहरू सोही दिन गाउँकै चार जना व्यक्तिले बँदेल मार्न थापेको विद्युतीय पासोमा परेका थिए।
बँदेल मार्न भनेर ती चार जनाले रोशनीको घर नजिकैको कुखुरा फार्मबाट बिजुलीको तार तानेर करेन्टको धराप बिच्छाएका थिए। सोही करेन्टको धरापमा परि रोशनी र शरदको ज्यान गएको हो ।


