Comments Add Comment

Advertisment

SKIP THIS

आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

२४ कात्तिक , काठमाडौ । आफ्नै श्रीमती २६ वर्षीया सपना गोरडको हत्या गरेको अभियोगमा बुद्धशान्ति गाउँपालिका-१ बुधबारे बजारस्थित सुन पसल संचालन गरी बस्ने भारत घर भएका ३२ वर्षीय रघुनाथ मारुती गोरडलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूबीचको सामान्य वादविवादमा रघुनाथले पानी खाने करुवाले टाउकोमा प्रहार गर्दा सपनाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुधबारे र ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै