Comments Add Comment

Advertisment

SKIP THIS

मोटरसाइकल दुर्घटना हुँदा भारतीय नागरिकको मृत्यु

६ मंसिर , काठमाडौं । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा भारतीय नागरिकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार धनकौल गाउँपालिका–५ छठिघाट पुलस्थितमा बरहथवाबाट मधुवनी जाँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा सितामढी घर भएका ४० वर्षीय मुकेश राय यादवको मृत्यु भएको हो । बिआर–३० जेड ४८७४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको हो । मृतकको शव पोष्टमार्टमका लागी प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ ।

मोटरसाइकल पछाडि सवार सर्लाही बलरा–५ घर भएका संजय यादव घाइते भएका छन् । उनको बारास्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment