Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौँ १० मा कांग्रेसका राजन केसीको अग्रता

६ मंसिर , काठमाडौं । काठमाडौँ निर्वाचन क्षेत्र नं १० मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार राजन केसीको अग्रता कायम छ।

कीर्तिपुर नगरपालिकाको १ देखि १० वडासम्मको मतगणना गर्दा पछिल्लो मतपरिणामअनुसार २० हजार नौ सय ५३ मतगणना हुँदा कांग्रेसका केसीले छ हजार ६ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले चार हजार एक सय ३१ मत प्राप्त गरेका छन्।

नेकपा (एमाले) का हिमेश केसीले तीन हजार ६ सय दुई मत ल्याएका छन्। नेकपा (माओवादी केन्द्र)का उम्मेदवार अन्जना विसङ्खेले दुई हजार दुई सय चार मत प्राप्त गरेका छ्न्। मतगणना जारी छ। हालसम्म गणना भएको मतमध्ये आठ सय ६६ मत बदर भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै