Comments Add Comment

गगनमाथि दीपशिखाको आरोप : घण्टीसँग मिलेर गठबन्धनलाई हराए

७ मंसिर , काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ले प्रतिनिधिसभा सदस्यमा निर्वाचित कांग्रेस महामन्त्री गगनकुमार थापामाथि आरोप लगाएका छन्।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रको नतिजा नाजुक आइरहेका बेला दीपशिखा थापाविरुद्ध उभिएका हुन्। थापाले घण्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) सँगको साझेदारीमा गठबन्धनलाई हराएको उनको आरोप छ।

थापाले खगेन्द्र संग्रौलामाथि लेखिएको उज्जवल प्रसाईको पुस्तक विमोचनमा ‘म कालो कांग्रेस हुँ’ भनेको स्मरण गर्दै दीपशिखाले भनेका छन्, ‘हो रहेछ, तपाईँ र तपाईँको टिमले घण्टीसँगको साझेदारीमा हामी गठबन्धनका सहयात्रीलाई मज्जाले हराउनुभयो। तपाईँलाई आगामी यात्राको शुभकामना।’

दीपशिखाले जनमतको उच्च कदर गर्दै परिणामलाई सहर्ष स्वीकार गर्ने पनि बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै