Comments Add Comment

Advertisment

SKIP THIS

पशुपति क्षेत्रमा सङ्ग्रहालय बनाउने तयारी

१८ माघ, काठमाडौं । राजा रणबहादुर शाहले कस्तो हुक्का तान्थे रु पशुपति क्षेत्रको पश्चिम ढोका सामुन्ने रहेको पशुपतिनाथ महास्नान घरमा राजा रणबहादुरको हुक्का ज्यूँका त्यूँ छ । हुक्कालाई पशुपतिनाथ सङ्ग्रहालयमार्फत पशुपति क्षेत्र विकास कोषले प्रदर्शनीमा राख्ने योजना बनाएको छ । त्यसका लागि कोषले पशुपति क्षेत्रको महास्नान घरमा नै सङ्ग्रहालय स्थापना गर्ने भएको छ ।

आगामी शिवरात्रिको आसपासमा प्रदर्शनी गराइने पशुपति क्षेत्र विकास कोषका सूचना अधिकारीले बताए।  नेपाल इन्भेस्टमेन्ट बैङ्कले करिब पाँच करोड रुपियाँको हाराहारीमा महास्नानघरलाई जीर्णोद्धार गरेपछि सङ्ग्रहालय बनाइने भएको हो ।

 सङ्ग्रहालयमा पृथ्वीनारायण शाहका पालाका सुब्बा कुलानन्द झा, लिच्छवि राजारानीका केही सालिक, मल्लकालका राजारानीका सालिक, कलात्मक पानस दियो र पशुपतिनाथ मन्दिरमा ठूलो बसाहा राख्नुअघिको बसाहालगायतका कलात्मक सामग्री हुनेछन् ।मानदेव, अंशुवर्मा र उनका रानी परिवारका मूर्ति पनि राखिनेछन् ।

कोषका सूचना अधिकारी अधिकारीका अनुसार चाँगुनारायणमा रहेको भन्दा पुराना शिलापत्र र अभिलेख पनि सङ्ग्रहालयमा राखिने छन् । पशुपतिनाथमा चाँदीको ढोका राख्ने शक्तिवल्लभ  र राधावल्लभको सालिक पनि सङ्ग्रहालयमा राखिनेछ । सूचना अधिकृत अधिकारीका अनुसार इतिहासमा प्रथम अभिलेख मानिएको वि.सं.५२६ को चाँगुनारायणको अभिलेखभन्दा अघि वि.सं.५२१ को राजा मानदेवको अभिलेख यहाँ राखिएको छ ।सामग्रीले सङ्ग्रहालयलाई निकै महाव राख्ने बताउनुभयो । सङ्ग्रहालय फागुनको मध्यमा सर्वसाधारणको अवलोकनका लागि खुला गर्ने योजना रहेको सूचना अधिकृत अधिकारी बताएका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै