
१९ मंसिर , काठमाडौ । गायक सरोज सुजन श्रेष्ठ र गायिका दुर्गा खरेलको स्वरमा समावेश ‘छल छल’ बोेलकोे गीतको भिडियो सार्वजनिक भएको छ ।

यो गीतमा दिनेशराज पुरीको शब्द, अर्जुन पोखरेलको संगीत छ । भिडियोमा ट्वीन्स दिदी बहिनी प्रिज्मा र प्रिन्सी खतिवडाले ट्वीन्स दाजुभाई अमर र अमृत दाहालसँग रोेमान्स गरेका छन् ।
विधान कार्कीको निर्देशन रहेको भिडियोमा दीपकमान सिंहको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन छ ।




