Comments Add Comment

‘पशुपति प्रसाद २-भष्मे डन’ का केही दृश्य समेटेर ‘प्रिभ्यू’ सार्वजनिक

२९ असोज , काठमाडौ । शनिवारबाट प्रदर्शनको तयारीमा रहेको ‘पशुपति प्रसाद २-भष्मे डन’ का केही दृश्यहरू समेटेर ‘प्रिभ्यू’ सार्वजनिक गरिएको छ ।

प्रिभ्यूमा विपिन कार्कीलाई देखाइएको छ । सानो अंशमा आँचल शर्मा पनि छन् । शर्मा चलचित्रको सुटिङका लागि पशुपति क्षेत्रमा पुगेको दृश्य देखाइएको छ । भने विपिन त्यहाँ घुम्दै पुगेको देखिन्छ ।

टुकी आर्टसको प्रस्तुतिमा तयार पारिएको चलचित्रको ट्रेलर असोज २२ गते सार्वजनिक गरिएको थियो ।

‘पशुपति प्रसाद २–भष्मे डन’ सात वर्ष अघि रिलिज भएको चलचित्र ‘पशुपति प्रसाद’ को सिक्वेल हो।

चलचित्रलाई निर्माता खगेन्द्र लामिछानेले निर्माण गरेका हुन्। चलचित्रको कथा पनि उनी स्वयंको हो। बनिश शाहले सम्पादन गरेको चलचित्रलाई निर्देशक दीपेन्द्र के खनालले निर्देशन गरेका हुन्। चलचित्रमा छायांकनको पाटो कृष्णबहादुर थापाले सम्हालेका छन् भने डिओपी निरज कँडेलको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment