Comments Add Comment

Advertisment

SKIP THIS

एसईईको नतिजा हेर्न सकिने माध्यम सार्वजनिक, यसरी हेर्न सकिनेछ

२० असार , काठमाडौ ।  राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा निकाल्ने तयारी गरेको छ ।

त्यसका लागि अन्तिम तयारी भइरहेको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले जनाएको छ । एसईई को नतिजा पुरानै ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक गरिने भएको छ ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले शुक्रबारसम्ममा नतिजा प्रकाशित गर्ने तयारी रहेको जानकारी दिए । उनले पुरानै पाठ्यक्रम अनुसार पढाइ भएकाले पुरानै ग्रेडिङ प्रणालीबाट नतिजा सार्वजनिक गर्ने निर्णय भएको समेत जानकारी दिए ।

परीक्षाफल प्रकाशितको तयारीसँगै बोर्डले आज एक सूचना जारी गरी नतिजा हेर्नका लागि विभिन्न माध्यम प्रयोग गर्न सकिने उल्लेख गरेको छ ।

बोर्डका अनुसार एसईईको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिनेछ।

नजिता हेर्नका लागि नेपाल टेलिकमको १६०० मा एसएमएस र आइभीआर गर्न सकिने छ ।

यस्तै, राष्ट्रिय परिक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमीको वेबसाइट डब्लुडब्लुडब्लु डट एसईई डट जिओभी डट एनपी, राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीको वेबसाइट डब्लुडब्लुडब्लु डट एनइबी डट जीओभी डट एनपी लगायत वेबसाइटबाट हेर्न सकिने छ ।

गत चैत १७ देखि २९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा देशभरबाट झण्डै ५ लाख विद्यार्थी सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment