Comments Add Comment

Advertisment

SKIP THIS

दुर्लभ थापालाई बधाई तथा शुभकामना दिँदै कुमार भण्डारीले पहिरयाईदिए ५० किलोको माला

भक्तपुर जिल्ला क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदमा बिजयी भएका दुर्लभ थापालाई बधाई तथा शुभकामना दिँदै नेपाली कांग्रेस बागमती प्रदेश निर्बाचन परिचालन कमिटी सदस्य कुमार भण्डारीले ५० किलोको माला पहिरयाई दिएका छन्।                                                                             

प्रतिनिधि सभा निर्बाचन अन्तर्गत भक्तपुर जिल्ला क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदमा गठबन्धनका उमेदबार दुर्लभ थापा बिजयी भएका हुन । उनै थापाले ५ दलीय गठबन्धनकालागि नेपाली कांग्रेसबाट टिकट पाएका थिए। थापाले आफ्नो निकटम प्रतिद्वन्दि नेकपा एमालेका पुर्ब सांसद महेश बस्नेतलाई पराजित गरेका थिए।

बिजय भएपछि थापालाई बधाई तथा शुभकामना दिनेको ओईरो लागेको छ । देशभरिको राजनैतिक नजर पनि यसै क्षेत्रमा केन्द्रित थियो। महेश बस्नेतले एक कार्यक्रममा प्रधान मन्त्री शेरबहादुर देउबालाई मेरो क्षेत्रमा चुनाब लड्न अाउ भनेर चुनौति दिएका थिए। देउबाले पनि भक्तपुरको एक कार्यक्रममा म किन लड्नु दुर्लभ थापालाई हराएर देखाउ भनेर चुनौति दिएका थिए। नभन्दै महेश बस्नेतले दुर्लभ थापालाई हराउन सकेनन्।

थापालाई बधाई तथा शुभकामना दिँदै नेपाली कांग्रेस बागमती प्रदेश निर्बाचन परिचालन कमिटी सदस्य कुमार भण्डारीले ५० किलोको माला पहिरयाई दिएका छन्। राजनीतिमा हेभिवेट भिडन्तमा बिजयी भएकोले ५० किलोको माला पहिरयाईदिएको भण्डारी बताउँछन्। उनी भन्छन्, ” खास दायित्व बहन गर्न सकुन् , मन्त्री भएर समग्र भक्तपुर तथा देशो बिकासमा लागि पर्न सकुन्। गह्रौं माला पहिरयाई दिनुको अर्थ पनि यहि हो।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै