१० मंसिर , काठमाडौ । नेकपा एमालेका नेता शान्ता चौधरीले बिकल्प बिना सुकुम्बासी बस्ती उठाउने काम बन्द गर्न चेतावनी दिएका छन् ।
काठमाडौं महानगरका प्रमुख बालेन शाहको निर्देशनमा महानगरका प्रमुखसहितको टोली बस्ती उठाउन थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती पुगेका थिए ।
चौधरीले सुकुम्बासी हुनु कसैको रहर होइन नभई बाध्यता भएको बताएका छन् । उनले भनेका छन्, ‘बिकल्प बिना सुकुम्बासी बस्ती उठाउने काम बन्द गर, सुकुम्बासी हुनु कसैको रहर होइन बाध्यता हो १ गरिब प्रति जिम्मेवार बन १’