Comments Add Comment

Advertisment

SKIP THIS

एक पुरूषको शव फेला

१३ मंसिर , काठमाडौँ । सप्तरी जिल्लाको कञ्चनरूप नगरपालिका १ स्थित बैरवामा घाँटी रेटिएको अवस्थामा एक पुरूषको शव फेला परेको छ ।

प्रहरीका अनुसार कञ्चनरुप नगरपालिका वडा नम्बर १ बैरवा घर भएका अन्दाजी ४८ वर्षिय पप्पु भनिने सञ्जय राउतको घाँटी रेटिएको अवस्थामा घर नजिकै रहेको पोखरीमा शव भेटिएको हो ।

घटनाको प्रकृति हेर्दा घाँटी रेटेर हत्या गरिएको देखिएको र थप अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ । स्थानीयका अनुसार उनले गाउँमा व्याजमा पैसा लगानी गर्ने काम गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

११ वर्षीया बालिकाकाे शव फेला

बेपत्ता किशोरको शव फेला