Comments Add Comment

Advertisment

SKIP THIS

मापसे गरेर सुमो चलाएका चालकविरुद्ध अभद्र व्यवहार मुद्दा

१४ मंसिर , काठमाडौँ । मादक पदार्थ सेवन गरेर सार्वजनिक सवारी (टाटा सुमो) चलाएका चालकविरुद्ध प्रहरीले मुद्दा चलाएको छ । फर्पिङबाट पक्राउ परेका ना.१ज ८४६९ नम्बरको सुमो चालक ४४ वर्षीय नवराज केसीविरुद्ध अभद्र व्यवहार मुद्दामा कारवाही गर्न प्रहरी वृतत्त कीर्तिपुरमा पठाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टले बताए ।

ट्राफिक प्रहरीले चेकजाँच गर्दा काभ्रेपलाञ्चोकको पनौती घर भएका केसीले मापसे गरेको फेला परेको थियो । जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद लिएर आरोपीलाई कीर्तिपुर प्रहरीको हिरासतमा थुनामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै