Comments Add Comment

Advertisment

SKIP THIS

सुनसरी ४ को मतगणना अन्तिम चरणमा, सञ्चारमन्त्री कार्कीलाई ४१ मतको अग्रता

१५ मंसिर , काठमाडौं । सुनसरीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ मा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले फेरि अग्रता लिएका छन् । कोशी गाउँपालिकाको ६ नं. वडाको मतगणनामा कार्की एमालेका उम्मेदवार जगदीश कुसियतभन्दा ८२ मतले पछि परेकोमा बराहक्षेत्र नगरपालिकाको १० नम्बर वडा गन्न थालेपछि फेरि अग्रता लिएका हुन् ।

पछिल्लो गणना अनुसार कार्कीले ३०२१४ मत प्राप्त गर्दा कुसियैतले ३०१७३ मत पाएका छन् । अब सो वडाको ५५८ मत मात्र गन्न बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै