Comments Add Comment

Advertisment

SKIP THIS

केपी ओली कप : आज पुलिस र युथ क्लब भिड्दै

११ फागुन , काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी ओलीका नाममा आजदेखि ‘केपी कप राष्ट्रिय फुटबल’ च्याम्पियनसिप सुरु हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो ३ बजे खेलको उद्घाटन हुने भएको हो ।

उद्घाटनको पहिलो खेलमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब भिड्ने छन् । प्रतियोगितामा ए डिभिजन लिगका ७ र एक आयोजक टोली केपी ओली एफसी गरी ८ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। विभागततर्फ उदियमान खेलाडी, सर्वाधिक गोलकर्ता, र उत्कृष्ट गोलरक्षकले समान ५० हजार रुपैयाँ पाउनेछन्। हरेक खेलको म्यान अफ दी म्याचले १५ हजार प्राप्त गर्नेछन्।

प्रतियोगिताको उपाधि विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन्। हरेक खेलको विजेताले २५ हजार रुपैयाँ पाउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment