Comments Add Comment

Advertisment

SKIP THIS

‘देशले राजनीतिमा युवा होइन नयाँ अनुहार खोजेको छ’ : नेता चन्द्र भण्डारी

१७ मंसिर , काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजनीतिमा उमेरको कुनै अर्थ नहुने बताएका छन्।

नेपाल प्रेस युनियन रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा भण्डारीले युवाले नभइ नेताको सोंच, व्यवहार र जिम्मेवारी महत्वपूर्ण हुने बताए।

अमेरिकी राष्ट्रपति जो वाइडेन उमेरले वृद्ध भएपनि देश विकसित भएको, तर युक्रेनका राष्ट्रपनि भोलोदिमिर जेलेन्स्की उमेरले युवा भएपनि देश तहसनहस भएको उदाहरण दिंदै उनले राजनीति र देश विकासमा उमेरले कुनै प्रभाव नपार्ने बताएका हुन्।

उनले देशले पुरानो अनुहारको निरन्तरता होइन, नयाँ अनुहार खोजेको बताए। ‘देशले उमेरमा युवा खोजेको होइन, नयाँ अनुहार खोजेको हो, ३० वर्षसम्म एउटै अनुहारले मुलुकलाई विकासको गति दिन सकेन’ भण्डारीले भने।

पञ्चायतले ३० वर्ष शासन गरेको र बहुदल आएपछिका ३० वर्ष अहिलेकै अनुहारबाट शासन सञ्चालन भैरहेको भन्दै भण्डारीले थपे, ‘अव उही पुरानै अनुहारले दृष्टिकोण भएर मुलुक चल्दैन।’ सरकारको नेतृत्वबारे सोधिएको प्रश्नमा काँग्रेस नेता भण्डारीले नयाँ नेतृत्वको विकल्पका बारेमा पार्टीका नेताहरुसँग छलफल गरेपछि मात्र टुंगोमा पुगिने बताए।

राजनीतिक दलहरु जनतामा पुग्न नसकेकाले अहिले विकल्पको खोजी भएको भन्दै भण्डारीले अहिले पनि जनताको मन जित्न होइन मत किन्न खोज्ने प्रवृत्ति विद्यमान रहेको औंल्याए। ‘गरीबलाई किन्न खोज्ने प्रवृत्ति बढेको छ, जनताको मन जितेर मत ल्याउने होइन, रक्सी र मासुमा भोट किनबेच हुन्छ’ उनले भने, ‘नेताहरु मन्त्री बन्ने, कमाउने र परिवार बन्ने सोंचबाट माथि उठ्न नसक्दा यो अवस्था आयो।’

मुलुकको सबैभन्दा ठूलो रोग भ्रष्ट्राचार रहेको भन्दै भण्डारीले यसलाई निको पार्ने योग्य डाक्टर आफूहरु नै रहेको दावी गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै