Comments Add Comment

Advertisment

SKIP THIS

बालकुमारीबाट अवैध लागूऔषधसहित किशोर पक्राउ

१७ मंसिर , काठमाडौं । काठमाडौँ महानगरपालिका-३२ कोटेश्‍वर बालकुमारीबाट एक किशोरसहित २ जना अवैध लागूऔषधसहित पक्राउ परेका छन् । ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम, मोबाइल ३ थान र नगद ९ हजार रुपैयाँ सहित महोत्तरी जलेश्‍वर नगरपालिका-१ घर भई हाल काठमाडौं माहनगरपालिका-३२ जडिबुटी बस्ने १९ वर्षीय विकास साह समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रभाग कोटेश्‍वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै