Comments Add Comment

Advertisment

SKIP THIS

पूर्व प्रहरीका सन्तानलाई प्रहरी भर्नामा प्राथमिकता दिइनेछ : आईजिपी धीरजप्रताप सिंह

१८ मंसिर , काठमाडौं । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले पूर्व प्रहरी कर्मचारीका सन्तानलाई विद्यालय भर्ना र प्रहरी भर्ना छनोटमा प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् । बाँकेमा पूर्व प्रहरी कर्मचारीहरूसँग अन्तक्रिर्या गर्दै महानिरीक्षक सिंहले पूर्व प्रहरी कर्मचारीहरूको हकहितका लागि संगठनबाट सक्दो सहयोग हुनेसमेत बताए ।

पूर्वप्रहरी संगठन जिल्ला कार्य समिति बाँकेका अध्यक्ष पूर्वप्रहरी निरीक्षक गंगाबहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा पूर्व प्रहरी कर्मचारीहरूले महानिरीक्षक सिंहसँग विभिन्न जिज्ञासा राखेका थिए ।

कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक नलप्रसाद उपाध्याय, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेल, कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगन्ज)का प्रमुख, लुम्बिनी प्रादेशिक प्रहरी अस्पताल नेपालगन्जका प्रमुख लगायत प्रहरी अधिकृतहरूको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै