६ श्रावन ,काठमाडौ । चर्चित हास्य कलाकार कुमार कट्टेल (जिग्री) ले पहिलो पटक आफ्नै स्वर रहेको गीत सार्वजनिक गरेका छन्।
साउन ४ गते जन्मदिनको अवसर पारेर उनले उक्त गीत दर्शक सामु ल्याएका हुन्। उनले मञ्जुरी नामको गीत सार्वजनिक गरिसकेका छन् ।स्वर कुमार कट्टेल जिग्री र मेलिना मैनालीको माया प्रेममा आधारित रहेर गीतमा शब्द, लय र संगित भीम विसीको रहेको छ।
गीतको भिडियो निर्देशन दीपक आचार्य (काकु)ले गरेका छन् भने अभिनय कुमार स्वयं र रक्षा श्रेष्ठले गरेका छन्। गीतको सम्पादन प्रविन भट्टले गरेका छन्।
गीत रोमान्टिक रहेको र अहिलेको मौसम अनुसार सुन्न सकिने कुमारले केन्द्रबिन्दुलाई जानकारी दिएका छन्। कुमारका अनुसार, पहिलो प्रयास हो दर्शकहरुले मन पराउनु हुनेछ भन्ने आशा छु ।






