Comments Add Comment

Advertisment

SKIP THIS

संचारकर्मी बिमल भट्टराईको म्युजिक भिडियो सार्वजनिक

१ साउन , काठमाडौ । पछिल्ला दिनमा संचारकर्मीले समेत मनोरञ्जनको दुनियामा कदम बढाउने क्रम बढदो छ ।

सधै क्यामेरा र कम्प्युटरमा खेल्ने संचारकर्मी अहिले भने म्युजिक भिडियोमा समेत खेल्न थालेका छन । यसै क्रममा पश्चिम नवलपरासीलाइ कर्म थलो बनाएर संचार क्षेत्रमा काम गरिरहेका संचारकर्मी बिमल भट्टराईको पहिलो म्युजिक भिडियो भर्खरै बजारमा आउको छ ।

तिमी मेरो ढुकढुकी हौ बोलको आधुनिक गितको भिडियो मार्फत भट्टराइले मनोरञ्जनको दुनियामा पनी पाइला अघी बढाएका हुन । सार्वजनिक भिडियोमा विमलका अलावा, रेशम सुनारी र निशा सुनारीले समेत अभिनय गरेका छन ।

खेम थापाको शब्द तथा संगीत रहेको गीतलाई अर्चना भट्टले स्वर दिएकी छन् । भिडियोमा वियोगान्त प्रेम कथा झल्काउन खोजिएको छ । माया प्रेममा हुने उतार चढावलाई निर्देशक मिन रानाले गहिरो ढंगबाट प्रस्तुत गर्ने प्रयास गरेका छन । प्रेममा शंकाले पार्ने प्रभावलाई मुख्य विषय बस्तु बनाउन खोजेको निर्देशक राना बताउछन ।

भिडियोमा कथा र निर्देशन मिन रानाको छ भने गीत दर्पण टिभी नेपाल नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । भिडियोलाई शिखा मिडिया प्रालि ले निर्माण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment