Comments Add Comment

Advertisment

SKIP THIS

दोलखामा एमाले उम्मेदवार शिवाकोटीको अग्रता

१९ मंसिर , काठमाडौँ । दोलखामा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटी र नेकपा माओवादी उम्मेदवार गंगा कार्कीबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

ओराङ क्षेत्रको मतगणना सकिंदा एमाले उम्मेदवार शिवाकोटी माओवादीका कार्कीभन्दा ३६ मत अन्तरले अगाडि छन् । शिवाकोटीको ३३ हजार ९३९ र कार्कीको ३३ हजार ९०३ मत छ । ओराङको मत गन्नुअघि कार्की ११४ मत अन्तरले अघि थिए ।

अब विगु गाउँपालिकाको लामाबगर, शैलुङ गाउँपालिकाका दूधपोखरी र भुषाफेदा र मेलुङ गाउँपालिकाको पवटीको मत गणना हुन बाँकी छ । मत गणना अन्तिम चरणमा आइपुग्दा प्रतिस्पर्धा पनि रोचक बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै