Comments Add Comment

Advertisment

SKIP THIS

रवीन्द्र मिश्रको निर्वाचन खर्च साढे २४ लाख, सहयोगबाटै ३३ लाख संकलन

२० मंसिर , काठमाडौँ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले निर्वाचनमा २४ लाख ४९ हजार ६०७ रूपैयाँ खर्च भएको बताएका छन् । काठमाडौं- १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका उनले खर्च विवरण मंगलबार निर्वाचन आयोगमा पेश गरेका हुन् ।

२०७४ सालको निर्वाचनमा विवेकशील साझा पार्टीबाट उम्मेदवार रहेका मिश्रले २१ लाख ५० हजार रुपैयाँ खर्च गरेका थिए । निर्वाचन लड्न आर्थिक सहयोगका लागि अपिल गर्दा ३३ लाख रुपैयाँ संकलन भएको उनले बताए ।

मिश्रले निर्वाचनमा खर्च भएर बाँकी रहेको ८ लाख ५० हजार ‘काठमाडौँ क्षेत्र नं १ सरोकार कोष’ मा राख्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै