Comments Add Comment

Advertisment

SKIP THIS

ब्यूरोको नक्कली फेसबुक पेज बनाउने पक्राउ

२१ मंसिर , काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाएको अभियोगमा एकजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका ५ झुवानीटोल बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

सर्वसाधारणलाई ठगी गर्ने अभिप्रायले उक्त ब्यूरोको नक्कली फेसवुक पेज बनाउने उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको सहयोगमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै