Comments Add Comment

Advertisment

SKIP THIS

ट्राफिक प्रहरीको विशेष चेकिङ: एकैदिन २ हजार ३ सय भन्दा बढी सवारी चालक कारवाहीमा

२१ मंसिर , काठमाडौँ । उपत्यकामा मंगलबार गरिएको विशेष चेकिङमा २ सय ८६ वटा सवारी साधनलाई ट्राफिक प्रहरीले कारवाहि गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह-प्रवक्ता अवदेश विष्ट क्षेत्रीका अनुसार चेकिङका क्रममा बम्पर गार्ड नहटाएका १२ वटा, धुँवा बढी फाल्ने ३ वटा, नम्बर स्पष्ट नभएका ९ वटा, नम्वर प्लेट आकाश तिर फर्केका २ वटा, मदिरा पियर सवारी साधन चलाउने १ जना र अन्य कसुरमा २६० वटा गरी २८६ वटा सवारी साधनका चालकलाई कारवाही गरिएको हो । उनका अनुसार काठमाडौंको नँया बसपार्क, सोह्रखुट्टे र स्वयम्भु चोकमा मंगलबार सवारी साधनको विशेष चेकजाँच गरिएको थियो ।

चालकलाई उत्तरदायी बनाई ट्राफिक सचेतनामा अभिवृद्दि गरी दुर्घटना न्युनिकरणका लागी पछिल्लो समय विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई कारवाहीको दायरामा ल्याउने कार्यलाई निरन्तरता दिइएको ट्राफिक प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै