Comments Add Comment

Advertisment

SKIP THIS

समानुपातिक सांसद चयनमा रविको पार्टीभित्र लफडा

२२ मंसिर , काठमाडौं । समानुपातिक सांसद चयनमा चलखेल भएको भन्दै असन्तुष्ट नेता कार्यकर्ताले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा खबरदारी गरेका छन् ।

समानुपातिक पद्धतिमा पाएको १३ सिटमा सांसद चयन गर्दा विधि मिच्न खोजिएको भन्दै केही उम्मेदवारहरुले असन्तुष्टि केन्द्रीय कार्यालयमा खबरदारी गरेका हुन् ।

सामानुपातिकको बन्दसूचीमा रहेका उम्मेदवार चयन गर्दा पार्टीको विधि, पद्धति, बन्दसूचीको क्रम संख्या जस्ता मान्यता मिच्न खोजिएको उनीहरुको आरोप छ । उनीहरुले बिहीबार पार्टी कार्यालयमा धर्ना समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै