०२ माघ , काठमाडौं । एमाले निकट महिला संगठन अखिल नेपाल महिला संघले सुरक्षित हवाई यात्राबारे प्रष्ट योजना ल्याउन सरकारसँग माग गरेको छ ।
शोक विज्ञप्ति निकालेर संघलेले हवाई सुरक्षाकै कारण पर्यटनमा पर्ने नकारात्मक असरबारे गम्भीर बन्न पनि सरकारलाई आग्रह गरेको हो । संघले यस्ता प्रकारका घटना पुनः दोहोरिन नदिने गरी योजना ल्याउन सरकारसँग माग गरेको छ ।
काठमाडौँबाट पोखरातर्फ उडान गर्दै गरेको यति एयरलाइन्सको जहाज आइतबार पोखरामा दुर्घटनामा परेको थियो । सरकारले यसबारे अध्ययन गर्न समितिसमेत गठन गरेको छ । जसमा चालक दलका चार जना सदस्यसहित ७२ जना सवार रहेका थिए । हालसम्म ६८ जनाको सव निकालिएको छ भने बाँकी चार जनाको खोजी कार्य भइरहेको छ ।