Comments Add Comment

जापानले कांग्रेस नेता पौडेललाई आज विभूषण प्रदान गर्ने

२९ मंसिर , काठमाडौँ । जापान सरकारले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई आज विभूषण प्रदान गर्ने भएको छ।

जापानले ग्राण्ड कोर्डन दि अर्डर अफ दि राइजिङ सनु नामक विभूषणबाट पौडेललाई सम्मान गर्ने यसअघि नै घोषणा गरिसकेको थियो।

पौडेललाई आज काठमाडौंस्थित जापानी दूतावासले उक्त विभूषण प्रदान गर्ने छ। पौडेलको सचिवालयका अनुसार आज अपरान्ह ३ बजे पौडेललाई जापान सरकारले विभूषणबाट उच्च सम्मान गर्ने कार्यक्रम तय भएको छ।

विदेशी नागरिकलाई दिइने यो सम्मान जापान सरकारको सर्वोच्च सम्मानमध्ये पर्छ। जापानका सम्राट मेइजिले सन् १८७५ मा यो विभूषणको स्थापना गरेका थिए। जापानले विशिष्ट व्‍यक्तिहरूलाई वर्षमा दुई पटक यो सम्मान दिने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै