अपराध नियन्त्रण र शान्तिसुरक्षाको लागी कसैसँग सम्झौता हुदैन : एसपी बाल नरसिंह राणा -
Comments Add Comment

अपराध नियन्त्रण र शान्तिसुरक्षाको लागी कसैसँग सम्झौता हुदैन : एसपी बाल नरसिंह राणा

(ईश्वर दुलाल) काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक प्रहरी प्रमुख (एसपी) बाल नरसिंह राणाको कार्यकाल लगभग १ महिना पूरा भएको छ ।

सिन्धुपाल्चोक जिल्लाको प्रहरी प्रमुखमा पदबहाल भएसँगै एसपी राणाले जिल्लाको शान्तिसुरक्षा र अपराध नियन्त्रणका लागी कसैसँग सौदाबाजी नगर्ने बताएका छन् । अपराध र अपराधीक गतिविधिलाई जरैदेखी उखल्ने सक्ने साहस भएका एसपी राणा नेपाल प्रहरीभित्र एक ब्यावसायिक, निडर एवं कर्तव्यनिष्ठ प्रहरी अधिकृतका रूपमा समेत चिनिन्छन् ।

एसपी बाल नरसिंह राणा नेपाल प्रहरीका एक अब्बल र निस्कलंकित प्रहरी अधिकारी हुन । कानुन कार्यन्वयन, विधिको शासन र प्रहरी संगठनकाे निर्देशनमा अगाडि बढ्ने एसपी राणा बढ्ता प्रचारप्रसारमा रुचि राख्दैनन् । नेपाल प्रहरीमा आफ्नाे छुट्टै पहिचान बनाउन सफल प्रहरी अधिकृत रूपमा चिनिने राणाले विभिन्न जिल्लामा प्रहरी प्रमुखको जिम्मेवारी लिएर काम गरिसेका छन् ।

नागरिकका गुनासो सुन्ने तथा सुक्ष्म तवरले त्यस्को अनुसन्धान गर्ने एउटा सफल अनुसन्धानकर्मीको रूपमा समेत चिनिने (एसपी) राणाको कमान्ड आइसकेपछि सिन्धुपाल्चोक प्रहरीले महत्वपूर्ण उपलब्धीहरु हासिल गर्न सफल भएको छ ।

सूचना संकलन तथा विश्लेषण, नियमित पैदल तथा मोबाईल गस्ती, नाकाहरुमा आकस्मिक प्रहरी चेकजाँच, सादा पोशाकमा प्रहरी तथा सिसिटिभी लगायतको निगरानी योजनाहरु कार्यान्वयनमा ल्याएका एसपीले विभिन्न मुद्दामा लामो समयदेखि फरार रहदै आएका अभियुक्त पक्राउ, पुराना तथा पेन्डिङमा रहेका मुद्दालाइ प्राथमिकता राखी जघन्य अपराधको सफल अनुसन्धान गर्नुको साथै, लागूऔषध नियन्त्रण, अवैध जडिबुटी, चोरी जस्ता क्षेत्रमा समेत उल्लेखीय कार्य गरेका छन् ।

एसपी राणाले सिन्धुपाल्चोक जिल्लालाई स्वच्छ, पारदर्शी एवं भयरहित बनाउने उद्देश्यका साथ समाजमा हुने र हुँदै गरेका लागूऔषध दुर्व्यसनी, चोरी, गुण्डागर्दी, जुवातास, घरेलु तथा यौनजन्य हिंसा, तस्करी जस्ता अपराधी गतिविधिलाइ नियन्त्रण लिन त उनलेे विशेष अप्रेसन नै सञ्चालनमा ल्याएका छन । बजार क्षेत्र तथा व्यबसायीक प्रतिष्ठानहरूमा नियमित सिसिटिभीको निगरानी, ड्रिंन्क एन्ड ड्राइभ नियन्त्रण गर्न मापसे चेकिङ्ग जस्ता कार्यहरू प्राथमिकताका साथ अघि बढाएका छन् ।

अपराधिक गतिविधिको सकेसम्म निराकरण, घटना घटिहालेमा तुरुन्त प्रहरी परिचालन गर्ने तथा अपराधमा संलग्न जोकोहीलाई पनि कार्वाहीको दायरामा ल्याउने जस्ता कार्यमा समेत प्रहरीले अब्बल नतिजा हात पारेको छ । त्यसैले पनि सिन्धुपाल्चोक प्रहरी हाल अपराध नियन्त्रण, शान्तिपूर्ण वातावरण कायम र उत्कृष्ट व्यवस्थापन गर्न सफल हुँदै गएको छ ।

जिल्लाको विभिन्न नाकाहरुमा प्रहरीलाई परिचालन गरेर चोरी तथा फरार प्रतिवादीलाइ नियन्त्रणमा लिइ कानुनी दायरामा ल्याउन अगाडि उनी समाजमा भइरहने चोरीको धन्दा तथा विभिन्न मुद्दामा कैद सजाय पाई लामो समयदेखि फरार रहदै आएका प्रतिवादीहरुलाइ कानुनी कठघरामा उभ्याउन निरन्तर लागिपरेका छन् ।

जिल्लामा शान्तिसुरक्षा, अमनचैंन कायम गर्न, अपराध र दुर्घटना न्यूनीकरण गर्न र खबर संकलन गर्न विभिन्न सामाजिक जनचेतनामूलक कामहरु समेत गरेका छन् । जसको स्थानीयले खुलेरै प्रशंसा गरेका छन् ।

अपराध नियन्त्रण र निर्मुल पारी सभ्य समाज निर्माणमा महत्त्वपूर्ण भूमिका समाज गर्न सदैव अग्रसर रहने (एसपी) बाल राणाले आफुलाइ संगठन प्रमुखले जुन उद्देश्यले यहाँ खटाइएको छ । त्यसको कुनै पनि हालतमा बिचलित नभइ सदैव सेवामा सम्पर्ति रहने बताएका छन् ु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै