Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरी घेरा तोडेर भागेका लागुऔषध प्रयोगकर्ता पुनः पक्राउ

३ पुष , काठमाडौं । काठमाडौँको बागबजारबाट नियन्त्रणमा लिएपछि प्रहरीको घेरा तोडेर भागेका थुनुवा पुनः पक्राउ परेका छन् । झापाको तोपगाछी नगरपालिका–१ घर भएका ४० वर्षीय राजेन्द्र थापालाई प्रहरी वृत्त सिंहदरबारको टोलीले पुस १ मा पक्राउ गरेको थियो । थापा लागुऔषध प्रयोगकर्ता हुन् ।

पक्राउ परेपछि प्रहरीलाई उनले भने–‘काठमाडौँमा धेरै लागुऔषध कारोबार भइरहेको सूचना मसँग छ ।’ उनको सुराकलाई विश्वास गरेर प्रहरीले उनलाई नै ‘एम्बुस’को रूपमा प्रयोग गरे । लागुऔषध कारोबार भइरहेको ‘ठाउँ देखाउँछु’ भनेर उनले प्रहरीलाई गौशालास्थित बत्तिसपुलतीमा लगे । शनिबार त्यहाँ पुगेपछि प्रहरीको आँखा छलेर उनी भागे ।

प्रहरी वृत्त सिंहदरबारका डिएसपी गोविन्द पुरी नेतृत्वको टोलीले उनलाई शनिबार राति नै पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृत भन्छन्–‘प्रहरीको घेरा तोडेर भागेका राजेन्द्र थापा कोटेश्वर क्षेत्रबाट पक्राउ परेका हुन् ।’

काठमाडौँ महानगरपालिका–२८ बाजबजारबाट पहिलोपटक पक्राउ परेका उनी दोस्रोपटक नरेफाँटबाट पक्राउ परेका हुन् । उनीबिरुद्ध प्रहरीले लागुऔषध सेवन गर्न नहुने कसुरमा मुद्दा चलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै