५ पुष , काठमाडौं । अभिनेता विपिन कार्की र अरुणा कार्कीको मुख्य भूमिका रहेको रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’ को टिजर सार्वजनिक भएको छ । सार्वजनिक म्युजिकल टिजरमा परिवारभित्रको कथालाई प्रस्तुत गरिएको छ । टिजरले विपिन र अरुणा को बुढ्यौली प्रेम, सन्तानप्रतिको कर्तव्य र दायित्व समेत देखाइएको छ ।
फिल्ममा विपिन र अरुणाको अलवा दयाहाङ राई, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, लोकेन्द्र लेखक, साक्षी गुरुङ लगायतको अभिनय छ । टिजरमा पनि सबै कलाकार अटाएका छन् ।
४ फागुनबाट प्रदर्शनमा आउने फिल्म यशोदा फिल्मस्ले निर्माण गरेको हो । फिल्मको कथा कमल किशोर मलपानी र पटकथा उपेन्द्र सुब्बाले लेखेका हुन् । कालिप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत रहेको फिल्मलाई अमेरिकी छायाँकार जोस हेरमले खिचेका हुन् ।
मनिष ढकाल निर्माता रहेको फिल्मको कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । अभिभावक र सन्तानबीचको सम्बन्धको कथामा निर्माण भएको फिल्मले प्रायः नेपालीले भोगिरहेकै पारिवारिक कथालाई उठाएको निर्देशक गुरुङले बताए ।



