काठमाडौं । मोरङमा विभिन्न प्रकृतिका अपराध गरी फरार अभियुक्तहरू धमाधम पक्राउ पर्न थालेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङमा प्रहरी उपरीक्षक (एसपी) नवराज कार्किले जिल्लाको कमाण्ड सम्हाले सङै फरार प्रतिवादी धमाधम पक्राउ पर्न थालेको हुन् । मोरङ प्रहरीको तथ्याङ्क अनुसार एक महिनामै ३६१ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

गत फागुन ७ गते देखि एसपी नवराज कार्कीले कार्यालय प्रमुखको रूपमा हाजिर भई फरार प्रतिवादीहरू पक्राउ गर्ने उदेश्यले जिल्ला तथा मातहतका सबैलाई निर्देशन समेत दिई गत १४ गते “अपरेशन चिताह” गठन गरी खोजतलास कारबाहीलाई तीव्र पारि एक महिनाको अबधि भित्र अदालतबाट कैद तथा जरिवाना तोकिएका ३६१ (तीन सय एकसट्ठी) जना फरार प्रतिवादीहरू पक्राउ गरी फैसला कार्यान्वयनको लागि मोरङ जिल्ला अदालत दाखिला गरेको र यसबाट समाजमा दण्डहिनताको अन्त्य र कानुनको परिपालनामा सकारात्मक सन्देश प्रवाह भएको छ एसपी कार्किले बताएका छन् ।

मोरङ जिल्लामा नयाँ प्रहरी प्रमुखको रूपमा एसपी कार्कि आएसँगै विभिन्न घटनामा कैद भुक्तान नगरी फरार रहेका व्यक्तिलाई पक्राउ गर्नतर्फ मोरङ प्रहरी अग्रसर बनेको हो । उनीहरुलाई फैसला कार्यान्वयनका लागि करागार चलान गरिएको प्रहरीले जनाएको छ । एसपी कार्किका अनुसार फरार अपराधीलाई पक्राउमा विशेष सक्रियता बढाएका छन् । साथै उनी अझै बाँकी रहेका फरार अभियुक्तहरू पनि पक्राउ गरिने बताए ।

मोरङ प्रहरीले मातहतका कार्यालयलाई समेत विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड र जरिवाना तिर्न बाँकी भएका व्यक्तिको खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिएको छ ।

यस्तै एसपी कार्किले मोरङ प्रहरीको कमाण्ड सम्हालेसँगै सिमा नाकामा पनि चेकजाँचमा कडाई, लागुऔषध नियन्त्रण लगायतका काममा सक्रिय छन् ।