Comments Add Comment

Advertisment

SKIP THIS

उपत्यका ट्राफिक प्रहरीले चोरी भएका २५ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाए

चोरी भएका २५ वटा दुई पाङग्रे सवारी साधन खोजी गरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । रामशाहपथस्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा बुधबार एक कार्यक्रम गरी २० वटा मोटरसाइकल र ५ वटा स्कुटर सम्बन्धित धनीलाई बुझाएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।

उनका अनुसार यस आर्थिक वर्षमा सवारी साधन हराएका ७०१ निवेदन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त भएका थिए । प्राप्त निवेदनको आधारमा खोजी गर्दा फेला परेका २४८ वटा सवारी साधनमाथि ट्राफिक प्रहरीले अनुसन्धान गरेको थियो । जसमध्ये साउन महिनामा ७३, भदौमा ४०, असोजमा ३०, कात्तिकमा १४ र मंसिरमा ३७ वटा सवारी साधन ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ । धनी नखुलेका ३६ वटा सवारी साधन भने यातायात व्यवस्था कार्यालय र भन्सार कार्यालयमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै