Comments Add Comment

Advertisment

SKIP THIS

‘वामपन्थीहरु एक ठाउँमा उभिन आवश्यक छ’

८ पुष , काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान गठबन्धनबाट विकास नहुने भन्दै वामपन्थीहरु एकजुट हुन आवश्यक रहेको बताएका छन् ।

शुक्रबार नेपाल पत्रकार महासंघको साधारणसभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले मुलुकमा अब बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेकाले अहिलेको अवस्थामा वामपन्थी एक हुनुपर्ने बताएका हुन् ।

उनले भने, ‘सत्तारुढ गठबन्धनले पनि जनादेश गुमाएको छ प्रतिपक्षले पनि सफलता पाउन सकिरहेको छैन । वामपन्थीहरु एक ठाउँमा उभिन आवश्यक छ । यो नै मुलुकको लागि फाइदाजनक हुन्छ । गठबन्धन समाधान होइन, गठबन्धनबाट भविष्य निर्माण हुँदैन ।’

दलहरू असफल भएको समेत बताउँदै उनले भने, ‘इतिहासबाट पाठ लिउँ तर भारी नबोकौँ । भविष्य कस्तो बनाउने भन्ने कुरामा ध्यान दिन आवश्यक छ ।’

महासचिव पोखरेलले राज्य सञ्चालनमा स्वार्थको सौदाबाजी भइरहेको समेत बताउँदै नयाँ जनादेशलाई सम्मान गर्ने कुरामा साझा दृष्टिकोण बनाउनुपर्नेमा जोड दिए ।

साथै, उनले नेपाली पत्रकारिता क्षेत्रले जुन मान्यताबाट अघि बढ्नुपर्ने हो त्यसबाट विचलित भएको बताए । राष्ट्रपतिप्रति प्रयोग गर्ने भाषामा नेपाली सञ्चारमाध्यमले एउटै भाषा प्रयोग गरिरहेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै