Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरी हेडक्वार्टरबाट बिराटनगर पुगेर डीआईजी बसन्त कुँवरद्वारा प्रहरी कर्मचारीलाई कडा निर्देशन

नेपाल प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर) मा कार्य विभाग प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) बसन्त बहादुर कुँवरले एक नम्बर प्रदेश अन्तरगतका जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयहरुमा स्थलगतरुपमा खटिई कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिएका छन् ।

उनले जिल्ला प्रहरी कार्यालय मोरङ, सुनसरी र नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी सुनसरीमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरलाई कानुनको परिधिमा रही प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गरी प्रहरी कार्य गर्न र सीमावर्तीक्षेत्रमा हुने अपराध, चोरी तस्करी नियन्त्रण गरी नागरीकहरुको जिउ धनको सुरक्षामा खटिन तथा राजश्व चुहावट नियन्त्रण गर्न समेत कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका थिए ।

निर्देशनको क्रममा एक नम्बर प्रदेश प्रहरी प्रमुख डीआईजी सुदिप गिरीले धन्यवाद ज्ञापन सहित सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै