Comments Add Comment

Advertisment

SKIP THIS

नक्कली नोटसहित एकजना पक्राउ

११ पुष , काठमाडौं । प्रहरीले नक्कली नेपाली रुपैयाँसहित कैलालीको धनगढीबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५५ वर्षीय लाल बहादुर साउद छन् ।

धनगढी उपमहानगरपालिका–२ स्थित ट्राफिक चौराहाबाट पक्राउ परेका आरोपीको साथबाट १ हजार दरका ४ हजार नक्कली नोट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । चुरे गाउँपालिका–६ घर भएका साउदलाई अस्थायी प्रहरी पोस्ट विशालनगरबाट खटिएको टोलीले पक्राउ गरेको हो । आरोपीबारे जिल्ला प्रहरी कार्यालय कैलालीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै