Comments Add Comment

Advertisment

SKIP THIS

टि २० लिगमा खुलेआम बेटिङ, मैदानबाटै तीन पक्राउ

१३ पुष , काठमाडौं । कीर्तिपुर नगरपालिका–१० स्थित क्रिकेट खेल मैदानमा एनपिएल टि २० पुरुष राष्ट्रिय क्रिकेट खेलमा अनलाईन वेटिङ मार्फत सट्टाबाजी खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा रुपन्देही तिलोत्तमा नगरपालिका–३ घर भई हाल काठमाडौं बानेश्वर बस्ने २८ वर्षीय प्रकाश पाण्डे समेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पुरुष राष्ट्रिय क्रिकेट खेल अन्तर्गत काठमाडौं नाईट्स र जनकपुर रोयल्स वीच भएको खेलमा मोवाईल फोनको प्रयोग गरी हार–जितको लागि अनलाईन वेटिङ भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई ५ थान मोबाइल र नगद ३ हजार ५ सय २० रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । सो प्रतियोगिताको प्रमुख प्रायोजक नै बेटिङ कम्पनी वानएक्सबेट रहेको छ । खेलमा म्याच फिक्सिङ हुन सक्ने आशंकामा प्रहरीले क्रिकेट संघ तथा भारतीय कम्पनी सेभेन थ्रि स्पोर्टस् कम्पनीका कर्मचारीमाथि निगरानी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै