Comments Add Comment

Advertisment

SKIP THIS

टेलिग्राम च्याटमा अश्लिल भिडियो पठाएर पैसा मागेको आरोपमा किशोर पक्राउ

१५ पुष , काठमाडौं । सामाजिक संजाल टेलिग्राममा नाबालिगको अश्लील भिडियो पठाएर पैसा मागेको आरोपमा प्रहरीले एकजना किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको थाक्रे गाउँपालिका–७ घर भएर काठमाडौंको बुढानिलकण्ठ बस्ने रोजित आले मगर छन् ।

१८ वर्षका रोजितलाई बुढानिलकण्ठबाट पक्राउ गरिएको साइबर ब्यूरोका प्रहरी उपरीक्षक पशुपतिकुमार रायले बताए । आरोपीले सामाजिक सञ्जालको माध्यमबाट प्रेमको नाटक गरेर कुराकानी गर्ने र अश्लील क्रियाकलापको फोटो भिडियो टेलीग्राम च्याट ग्रुपमा पोष्ट गरेर रकम बार्गेनिङ गर्ने गरेका थिए ।

रोजितको सो गतिविधिबाट महिला र नावालिगहरु पीडित भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । जिल्ला अदालतबाट ४ दिनको म्याद लिएर ब्यूरोले उनीमाथि अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै