Comments Add Comment

Advertisment

SKIP THIS

लेस्टर सिटीमाथि लिभरपुलको जित

१६ पुष , काठमाडौं । सन् २०२२ को अन्तिम खेलमा लिभरपुलले जित निकालेको छ। प्रिमियर लिगअन्तर्गत शुक्रबार राति भएको खेलमा लिभरपुलले लेस्टर सिटीलाई २–१ ले पराजित गरेको हो।

लिभरपुलको जितमा लेस्टर सिटीका वुल्ट फेसले दुई आत्माघाति गोल गरे। खेलको चौथो मिनेटमा डेवस्बुरी हलको गोलमा लेस्टरले अग्रता लिएको थियो। तर ३८ र ४५औं मिनेटमा फेसले लगातार आत्माघाति गोल गरेपछि लेस्टर अग्रता जोगाउन असफल भएको हो।

दोस्रो हाफमा दुबै टोलीले गोलका अवसर शृजना गरेपनि सदुपयोग गर्न सकेनन्। जितपछि लिभरपुलि १६ खेलबाट २८ अंक सहित छैटौं स्थानमा छ। लेस्टर १७ खेलबाट १७ अंक सहित १३औं स्थानमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै