Comments Add Comment

Advertisment

SKIP THIS

रसफोर्डको गोलमा युनाइटेडको जित

१७ पुष , काठमाडौ । मार्कुस रसफोर्डको निर्णायक गोलमा म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा उल्भ्सलाई १–० ले पराजित गरेको छ।

शनिबार रातिको जितसँगै १६ खेलमा ३२ अंक जोडेको युनाइटेट चौथौ स्थानमा उक्लिँन सफल भएको छ। पराजित उल्भ्स १७ खेलमा १३ अंकका साथ रेलिगेशन क्षेत्रमा रह्यो।

उल्भ्सको घरेलु मैदान मोलिनेयुक्स मैदानमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका रसफोर्डले खेलको ७६ औं मिनेटमा गोल गरेका हुन्।

४६ औं मिनेटमा अलेजान्द्रो गार्नाचोको स्थानमा मैदान प्रवेश गरेका रसफोर्डले ब्रुनो फर्नान्डेजको पासलाई सदुपयोग गर्दै युनाइटेडलाई तीन अंक जोडेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै