Comments Add Comment

Advertisment

SKIP THIS

२४६ किलो अफिम बरामद

१८ पुष , काठमाडौं । इरानको राजधानी तेहरानमा प्रहरीले दुई छुट्टाछुट्टै कारबाहीमा २४६ किलोग्राम अफिम बरामद गरेको स्थानीय सञ्चारमाध्यमले आइतबार जानकारी दिएका छन् ।

पहिलो कारबाहीमा प्रहरी बलहरूले लागूऔषध तस्कर गिरोहलाई ध्वस्त पारी २१८ किलो अफिम बरामद गरेको तेहरानका उपप्रहरी कमान्डर हमिद होडाभान्डले अर्ध आधिकारिक तस्निम समाचार एजेन्सीलाई उद्धृत गर्दै बताएका छन् ।

होडाभान्डले गिरोहका सदस्यहरूलाई चौबीसै घण्टा निगरानी र देशको उत्तरतर्फ जाने क्रममा बाटोमै पक्राउ गरिएको बताए ।

अर्को कारबाहीमा इरानको विमानस्थल प्रहरीले तेहरानको इमाम खोमेनी अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने क्रममा दुई जना यात्रुहरूबाट २८ किलोग्राम अफिम बरामद गरेको प्रहरी कमान्डर मोहसेन अकिलीले इरानी विद्यार्थी समाचार एजेन्सीलाई बताएका छन् ।

दुवै लागूऔषध कारोबारीलाई न्यायिक निकायमा बुझाइएको अकिलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै