Comments Add Comment

Advertisment

SKIP THIS

फिल्म बनाउँदै गायक यम बराल

१९ पुष , काठमाडौं । गायक यम बरालले फिल्म निर्माण गर्ने भएका छन् । उनले ‘तिमीलाई सम्झिंदा’ नामबाट फिल्म बनाउन लागेका हुन् ।

बरालकै चर्चित गीत ‘बादलुको घुम्टोले’ मा आधारित रहेर यो फिल्म बन्न लागेको हो । उनले झन्डै तीन दशकअघि यो गीत गाएका थिए । गीतको म्युजिक भिडियो समेत बनेको छैन । म्युजिकल लभस्टोरी बताइएको यो फिल्ममा बराल आफै गायकको भूमिकामा देखिनेछन् ।

शिवम् अधिकारीको पटकथा तथा संवाद रहने फिल्मको कलाकार र निर्देशक तय हुन बाँकी रहेको छ । फिल्मको छिट्टै घोषणा गर्ने तयारीमा बराल लागेका छन् ।

अमेरिकामा बसोबास गरिरहेका डेभिड लाम्नागेसँग मिलेर बरालले निर्माण गर्न लागेको फिल्म इलाम, झापा र मुलुकका अन्य पर्यटकीय थलोमा छायांकन गर्ने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै