अवसरसँगै चुनौतीहरु पनि ! -
Comments Add Comment

अवसरसँगै चुनौतीहरु पनि !

२० पुष , काठमाडौं । कांग्रेससँगको गठबन्धन टुटेर नेकपा एमालेलगाएत अन्य दलसँग गठबन्धन गरि सरकारको नेतृत्व तेश्रो ठूलो दलका नेता प्रचन्डको हातमा पुगेको छ । पूर्व केपी ओली सरकार फालेर कांग्रेस र नेकपा समाजवादी दलसँगको लगनगाँठो मजवुत पारी चुनावपछि पनि गठबन्धनलाई निरन्तरता दिने बचनबद्वता प्रकट गरेका दलहरुमा पहिला सरकारको नेतृत्व कसले गर्ने भन्नेमा देउवा र प्रचन्डवीचमा कुराकानी नमिलेपछि अन्तत: दाहालले आफ्नो कित्तै परिवर्तन गरि प्रधानमन्त्री बन्ने अवसर पाएका छन । उनले बिगतमा लामो समय नेतृत्व लिने अवसर पाएमा देश बिकासमा अग्रगामी छलाङ मार्ने थिंए भन्दै आइरहेता पनि बिगतका सरकारको काम कारवाही, हाल सरकारमा समेल विभिन्न नीति, सिद्दान्त र बिचार बोकेका दलहरुलाई मिलाएर लानुपर्ने बाध्यताकासाथै थपिएका विभिन्न चुनौतीको सामना गर्न भने उनलाई धेरै कठीन देखिन्छ ।

अहिले दाहाल सरकारसामु जति अवसर हाता पर्यो त्यत्तिकै चुनौतीका पहाडहरु पनि अगाडि तेर्सिएका छन । एकातिर एमाले पार्टीसँग हरेक कुरामा सहमति लिनुपर्ने जरुरी देखिन्छ भने अर्कोतिर प्रदेश खारेजीको माग गर्दै संसदीय चुनावमा होमिएको रास्वपा, गणतन्त्र बिरोधी राप्रपा, तराईको अनगिन्ती मुद्वा बोकेका जसपा, जनमत पार्टीलाईसमेत साथमा लिनुपर्ने छ । उता रास्टृय दल बन्न नसकेको नेकपा समाजवादी पनि सरकारमा जान पर्ख र हेरको स्थितिमा छ । उनलाई साथ छोडेको भनेर नेता नेपाल पनि प्रचन्डदेखि आक्रोसित छन । सिआइए, र , युरोपियन युनियनसमेतलाई अचम्मित पार्दै पुरानो गठबन्धन टुटाएर नयाँ सिरामा सरकार गठन भएको अहिलेको सरकारसामु पुराना मुद्वाहरु : एमसीसी, एसपीपी, नागरिकता बिधेयक, बिआरआई सम्झौता, नेपाल भारत सीमानामा देखिएका समस्याहरु र नेपाली जनताले भोगेका सास्तीवारे सम्बोधन, बिदेशी नीति, आर्थिक मन्दीलाई उकास्नु पर्ने बाध्यता, गरिबी निबारण, शिक्षा र स्वास्थ्यमा देखिएका बिकृत्तीका चाङवारे सम्बोधन, रोजगारीका अवसर जुटाउने र भ्रस्टाचार बिरुद्वको अभियान , दीर्घकालिन बिकासे आयोजनाहरुको निरन्तरता आदि कुराहरुप्रति ध्यान दिन अत्यन्त जरुरी छ । यसको लागि सहपाठी दलहरु, देशीबिदेशी शक्तिहरुप्रति सजग भइ आम सर्वसाधारण जनताहरुको मागलाई पनि संबोधन गर्नुपर्ने देखिएकोले अहिलेको सरकारसामु जति अवसर हाता परेको छ त्यत्तिकै मात्रामा चुनौतीका पहाडहरु पनि अगाडि तेर्सिएको हुनाले बढो गम्भीरताकासाथ अगाडि बढ्नुपर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds