२१ पुष , काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामै एक लख तीन हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख तीन हजार एक सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार ६ सय रुपैयाँ पुगेको छ ।
अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार नौ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला दुई सयले बढेको हो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ८५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।







